Whatsapp +972586215988

KanxeY कान्छे
loves art & design
Colors, brushes, ux/ui, web design, & more
Why KanxeY?
कान्छे
मभित्र बाँचेको -
सानो त्यो मान्छे ...
बालापनमा हराइरहेको,
ससानो खुसीमा रमाइरहेको,
खेलिरहेको गुच्चा र चुङ्गी
रङ्ग र कुची सम्झाइरहेको ...
गीत र कविता सुनाइरहेको
सपनाको चङ्गा उडाइरहेको
धुलै धुलो त्यो गोरेटोमा
रहरको पाङ्ग्रा गुडाइरहेको ...
कान्छे
मबाट कसरी ? छुट्यो त्यो मान्छे ? ..
मबाट खै कहाँ ? छुट्यो त्यो मान्छे ? ..
दौडिरह्यो समयको घोडा, दिन महिना वर्ष र उमेर ..
थाहै भएन
मबाट खै कुन बेला
छुटिसकेछ त्यो मान्छे
फेरिएछ युग उमेर , फेरिएछ घामहरू
फेरिएछ ऋतु मौसम फेरिएछ यामहरू
२ बिसले छोए पनि .. कपालै फुले पनि
जिन्दगीको भाग दौडमा हासे पनि रोए पनि
उ त सधैँ खेलिराख्छ
हाँसिराख्छ, नाचिराख्छ
कान्छे …
हेर त आफैभित्र मन खोलेर तिमी पनि
हृदयको कुनामा लुकिरहेको कतै
छ कि त्यस्तो मान्छे ?
कान्छे …
Creative Web Solutions
What do I do ?
I paint on digital canvas, where pixels dance to the rhythm of creativity and code! I'm KanxeY, an artist, web developer, and SEO enthusiast on a mission to blend innovation with aesthetics. netKUTI is my home .
My skills include:






With every stroke of my brush and every turn of phrase, I strive to evoke emotion, spark imagination, and tell stories that resonate.



